यौन पेशामा नेपाल चौथो स्थानतिर, देशभर १ लाखभन्दा धेरै संलग्न

काठमाडौ । विभिन्न अन्तर्राष्ट्रिय तथा गैरसरकारी संस्थाले संकलन गरेका अध्ययनहरूका आधारमा नेपालमा यौन पेशामा संलग्न व्यक्तिको संख्या उल्लेख्य रूपमा बढ्दै गइरहेको देखिन्छ। उपलब्ध तथ्यांकले नेपाल विश्वस्तरमा यौनकर्मी अधिक हुने देशहरूको सूचीमा चौथो स्थानतिर पर्ने संकेत गर्छ।

आर्थिक अभाव, रोजगारीको कमी, पारिवारिक तनाव, विदेशमा रोजगार खोज्दा आएको असफलता र सामाजिक विभेदजस्ता कारणले महिलामात्र होइन, पुरुष तथा तेस्रोलिंगी समुदायका व्यक्तिहरू पनि यो क्षेत्रमा आकर्षित वा बाध्य भइरहेका छन्।

देशभर विभिन्न रूपमा सञ्चालन भइरहेका यौन सेवासम्बन्धी संरचना र अवस्थालाई जोड्दा हाल करिब १ लाख १५ हजारभन्दा बढी व्यक्तिहरू यो पेसामा लगीएको अनुमान गरिएको छ।
कतिपयका लागि रोजगारीको अभावमा यो पेसा विकल्पजस्तै बनेको छ भने धेरैलाई जीवनयापनको दबाबले यसतर्फ धकेलेको देखिन्छ।

काठमाडौं, पोखरा, बिराटनगर, नेपालगन्ज, चितवन लगायतका ठूला सहर तथा पर्यटन केन्द्रित क्षेत्रमा यौन सेवाको सक्रियता बढी भेटिन्छ। तर औपचारिक नियमनको अभाव, कानुनी स्पष्टता नहुनु र सुरक्षामा कमजोरीका कारण यौनकर्मीहरू प्राय: जोखिमको अवस्थामा रहने गरेको सरोकारवालाहरू बताउँछन्।

मानवअधिकार तथा सामाजिक अभियन्ताहरूले यौन पेशामा संलग्न व्यक्तिलाई सुरक्षित वातावरण, हिंसाबाट रक्षा, स्वास्थ्य सेवामा सहज पहुँच र पुनर्स्थापनाका अवसर सुनिश्चित गर्न सरकारको भूमिका अझ सशक्त बनाउनुपर्ने धारणा राखिरहेका छन्।

विज्ञहरूका अनुसार तथ्यांक व्यवस्थापन सुधार्दै समस्याको मूल कारण पहिचान गरी दीर्घकालीन समाधान खोज्ने रणनीति अब आवश्यक छ।