धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङको प्रथम कार्यालय विस्तारित बैठक सम्पन्न भएको छ। सदरमुकाम धादिङबेसीस्थित रायटारमा बसेको बैठकले पार्टी कार्यालयमार्फत नियमित गतिविधि सञ्चालन गर्ने निर्णय गरेको पार्टी नेता मनराज भण्डारीले जानकारी दिएका छन्।
बैठकले संगठन एकतासँग सम्बन्धित विभिन्न कार्यक्रम तय गरेको छ। सोअनुसार—
मंसिर १६–१८ : सबै पालिकामा एकता कार्यदल बैठक
मंसिर २० : धादिङबेसीमा जिल्ला समिति विस्तारित भेला
मंसिर २३ : हेटौँडामा हुने बागमती प्रदेशस्तरीय एकता सन्देश सभामा सक्रिय उपस्थिति
मंसिर २९ : पालिका–स्तरीय भव्य एकता सन्देश सभा
बैठक पूर्व–एकीकृत समाजवादी धादिङ अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन पूर्व–माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारीले गरेका थिए।
बैठकमा शालिकराम जमरकटेल, पुष्पविक्रम मल्ल, गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी, दलबहादुर बुर्लाकोटी, दिपक विश्वकर्मा सहितका नेताको उपस्थिति रहेको थियो।






