काठमाडौं । म्हेन्दोमाया कलाकार संघ नेपालको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन हालै राजधानी काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि कार्यसमिति गठन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा आरम्भ तामाङ, उपाध्यक्षमा किर्तिमान तामाङ, महासचिवमा शिशिर थोकर, सचिवमा लक्ष्मी स्याङतान र कोषाध्यक्षमा मानबहादुर गुरुङ निर्वाचित भएका छन् ।
त्यसैगरी, कार्यसमिति सदस्यमा सिता लामा, रितु तामाङ, ममता गुरुङ, लोकेन्द्र तामाङ, दुर ब्रेभ गुरुङ, प्रकाश वाइबा, सुमन घले, प्रमिला तामाङ, लिलु तामाङ, शान्ती माम्बा, सन्जू तामाङ र करिसा तामाङ चयन भएका छन् ।
नव–निर्वाचित अध्यक्ष आरम्भ तामाङले आफ्नो दोस्रो कार्यकालमा संघलाई अझ सुदृढ, प्रभावकारी र सृजनशील बनाउँदै कलाकारका हक–अधिकार र पहिचान संरक्षणमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
संघका पदाधिकारीहरूले आगामी दिनमा म्हेन्दोमाया कलाकार संघलाई सांस्कृतिक चेतना, एकता र सिर्जनशील अभिव्यक्तिको साझा मञ्चका रूपमा अघि बढाउने संकल्प व्यक्त गरेका छन् ।




























