साना किसान कृषि सहकारी संस्था खरेको २७ औं वार्षिक साधारण सभा सम्पन्न

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरे स्थित साना किसान कृषि सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष श्री देवराज धरेल रहेका थिए । त्यसैगरी वडा नं. ७ का अध्यक्ष, सेयरकर्ता, बचतकर्ता तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो ।

सभामा सहकारीको वार्षिक गतिविधि, आर्थिक विवरण प्रस्तुत गरिएको साथै आगामी योजना तथा कार्यक्रमसमेत सार्वजनिक गरिएको संस्थाले जनाएको छ ।