काठमाडौ । भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा घाइते भएका थप चार जनाको उपचारको क्रममा निधन भएपछि मृतकको संख्या ५५ पुगेको छ।
प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा जेनजी पक्षका २१ जना, ९ जना कैदी तथा ३ जना सुरक्षाकर्मी रहेका छन्। आन्दोलनकै बीचमा १८ जनाको करेन्ट लाग्दा र आगलागीमा परेर मृत्यु भएको छ। एक भारतीय नागरिकले पनि जीवन गुमाएका छन्।
प्रहरी प्रवक्ताले दिएको जानकारीअनुसार अझै केही घाइतेहरूको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।




























