धादिङमा भोलि अन्तरक्रिया कार्यक्रम गरि ‘तामाङ प्रसारण दिवस’ मनाइदै

धादिङ । ३१औं तामाङ प्रसारण दिवसको अवसरमा भोलि धादिङमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि मनाउने भएको छ । “समाज रुपान्तरणको सवाल: तामाङ पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम तामाङ पत्रकार संघ, जिल्ला कार्यसमिति धादिङको आयोजनामा भोलि आइतबार बिहान ११ बजे धादिङबेशी पुछार बजार स्थित जिबिका होटल सभाहलमा हुने तामाङ पत्रकार संघ धादिङका अध्यक्ष निर तामाङले जानकारी दिनुभयो ।

२०५१ साल भदौ १ गते रेडियो नेपालमा तामाङ भाषामा पहिलो पटक समाचार प्रशारण भएको थियो । उक्त दिनलाई आधार मानेर हरेक बर्ष तामाङ समुदायले देश तथा बिदेशमा तामाङ प्रशारण दिवस मनाउदै आएको हो ।

उक्त कार्यक्रममा तामाङ पत्रकारिता, तामाङ समुदायको भाषा–संस्कृति र पहिचान प्रवर्द्धनमा सञ्चारकर्मीहरूको योगदानबारे छलफल गरिने आयोजकले जनाएको छ ।

साथै, तामाङ पत्रकारहरूले समाज रूपान्तरणमा पुर्याउन सक्ने योगदान र पत्रकारिताको जिम्मेवारीबारे पनि व्यापक विचार–विमर्श हुने बताइएको छ ।

३१औं तामाङ प्रसारण दिवसको अवसरमा हुन लागेको यस अन्तरक्रियाले पत्रकार र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्ने आयोजकको विश्वास छ ।

उक्त कार्यक्रममा समयमै उपस्थितको लागि सम्पुर्ण अतिथिलाई आयोजकले अनुरोध समेत गरेको छ ।