धादिङ । नेकपा (माओवादी केन्द्र) धादिङले आफ्ना कार्यकर्ताहरूको दक्षता अभिवृद्धिका लागि जिल्ला स्तरीय प्रशिक्षक तालिम सुरु गरेको छ। तालिम जिल्ला समन्वय समितिको सभाहल, धादिङबेसीमा सुरु भएको हो।
दुई दिनसम्म सञ्चालन हुने तालिममा हालै सम्पन्न भएको प्रदेशस्तरीय स्कुल विभागको तालिमबाट उत्तीर्ण भएका प्रशिक्षकहरूद्वारा सहजीकरण गरिनेछ।
कार्यक्रमको उद्घाटन पार्टीका केन्द्रिय सदस्य तथा धादिङ इञ्चार्ज पुष्प विक्रम मल्लले गर्नुभएको हो। कार्यक्रममा पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, केन्द्रिय सदस्यहरू अप्सरा सिंखडा दिपा, रामबहादुर भण्डारी, र प्रदेश सह-सचिव दलबहादुर बुर्लाकोटी लगायतको उपस्थिति रहेको थियो।
तालिममा प्रशिक्षण दिने प्रशिक्षकहरू:
दर्शनशास्त्र — झम्क परियार
माक्र्सवादी अर्थशास्त्र — प्रकाश आचार्य
वैज्ञानिक समाजवाद — करिमान तामाङ, हरि बहादुर विश्वकर्मा
संगठन अभ्यास — सरोज तामाङ, सुब्बा रम्तेल
कम्युनिष्ट आन्दोलनको इतिहास — दिपक लामिछाने
संगठन तथा कार्यालय व्यवस्थापन — नवराज अधिकारी
राज्यसत्ता र सरकार सञ्चालन — प्रेम तामाङ, राजकुमार उप्रेती
सूचना प्रविधि र सामाजिक सञ्जाल — अमृत तामाङ
निर्वाचन परिचालन — खेमराज भुजेल
स्थानीय सरकार र समाजवाद उन्मुख दृष्टिकोण — पुष्प विक्रम मल्ल
प्रत्येक स्थानीय तहबाट १० जना तथा विभिन्न जनवर्गीय संगठनका जिल्ला संयोजकहरू सहभागी गराइएको तालिममा करिब १५० जना सहभागी रहेका छन्। तालिमपछि परीक्षा लिइनेछ र सफल प्रशिक्षकहरूलाई पालिकास्तरको कार्यक्रमहरूमा खटाइने योजना रहेको छ।






