गायक तथा नायक आरम्भ तामाङको नयाँ म्हेन्दोमाया गीत “सङा थुवा नम गी” सार्वजनिक

काठमाडौं । तामाङ सांगीतिक क्षेत्रमा चर्चित गायक तथा नायक आरम्भ तामाङको नयाँ म्हेन्दोमाया गीत “सङा थुवा नम गी” सार्वजनिक भएको छ।
आरम्भ तामाङ र ममता गुरुङको स्वरमा रहेको उक्त गीतमा गायिका निलम तामाङको फिचर रहेको छ। गीतलाई भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सांगीतिक यात्रामा निरन्तर सक्रिय आरम्भ तामाङले यस गीतमार्फत तामाङ समुदायको मौलिक लय, परम्परा र सांस्कृतिक भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेका छन्। गीतका शब्द, धुन, र प्रस्तुतिमा तामाङ पहिचान स्पष्ट झल्किएको छ।

गीतको भिडियोमा आरम्भ तामाङ स्वयंकै अभिनय छ भने तामाङ संस्कृति, पोशाक र वातावरणलाई मनमोहक दृश्यमा उतारिएको छ। यसले विशेषतः युवा पुस्ताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

दर्शकहरूले गीतको शब्द, संगीत र प्रस्तुतीलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। युट्युबमार्फत सार्वजनिक भएको “सङा थुवा नम गी” गीत अहिले द्रुतरूपमा दर्शकको मन जित्दै गएको छ।

गीतको भिडियो
https://youtu.be/eke1LCC8upE?si=l4RcKrtZa5YO3YK5