गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता

    रसुवा, साउन १२ — गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई जना तीर्थालु बेपत्ता भएका छन्।

    बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङकै बेलवारीका मनोज न्यौपाने रहेका छन्। आइतबार दिउँसो गहिरो स्थानमा स्नान गर्ने क्रममा उनीहरू डुबेको आशंका गरिएको छ।

    घटनापछि खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली गोसाइँकुण्ड पठाइएको छ।

    गोसाइँकुण्ड धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो जहाँ प्रत्येक वर्ष जनैपूर्णिमा आसपास ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गर्छन्।