धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका, धादिङको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा वडा स्तरीय बाल क्लब क्षमता विकास तथा अभिमुखीकरण कार्यक्रम संचालन भएको छ।
‘बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रम त्रिपुरासुन्दरी गाउँपालिकाको सबै वडाहरुमा गत फागुन ११ गते देखि १३ गते सम्म संचालन गरि सम्पन्न भएको छ ।
स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा बालबालिकाहरूलाई उनीहरूको अधिकार, क्षमता विकास र सहभागिताबारे अभिमुखीकरण प्रदान गरिएको थियो।
कार्यक्रमले बालबालिकाहरूमा नेतृत्वदायी क्षमता विकास गर्ने र उनीहरूलाई समुदायमा सक्रियरूपमा सहभागी गराउने उद्देश्य राखेको आयोजकले जनाएको छ। त्यस्तै बालबालिकाहरूलाई सकारात्मक मार्गदर्शन प्रदान गर्न र उनीहरूको सीप, ज्ञान तथा आत्मविश्वास बढाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताएको छ।




























