गोठनदेवी आधारभूत विद्यालयको नवनिर्मित भवन फागुन ६ गते हस्तान्तरण गरिने

धादिङ । ब्रिटिश गोर्खा वेल्फेयर ट्रस्टले निर्माण गरेको रुवीभ्याली गाउँपालिका २ ठूलो गाउँस्थित गोठनदेवी आधारभूत विद्यालयको ३ कोठे नवनिर्मित विद्यालय भवन हस्तान्तरण हुने भएको छ । २०४५ सालमा स्थापना भएको यस विद्यालयको नयाँ भवन फागुन ६ गते एक कार्यक्रमबीच हस्तान्तरण गरिने विद्यालयका अध्यक्ष राम बहादुर तामाङले होराईजन खबरलाई बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा ब्रिटिश गोर्खा वेल्फेयर ट्रस्ट काठमाडौका प्रमुख यम बहादुर राना रुवीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङ विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम बहादुर तामाङ सहित अन्य स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यार्थी तथा समाजसेवीहरूको उपस्थितिमा कार्यक्रम हुनेछ ।

विद्यालयका पूर्वाधार सुधार गर्दै गुणस्तरीय शिक्षाको पहुँच बढाउने उद्देश्यसहित नयाँ भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। यो भवनले विद्यार्थीहरूलाई सुरक्षित तथा अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत गर्ने विश्वास गरिएको छ