धादिङ बुढाथुमका चन्द्र घलेलाई गोर्खा धार्चेको तातोपानी मेलामा आक्रमण: गम्भीर घाइते

धादिङ । गोरखाको धार्चे गा. पा. अन्तर्गत तातोपानी मेलामा गत बिहीबार राति १२ बजे गोरखा भिमसेन थापा गा पा अन्तर्गत बालुवाटार निवासी सुभाष तामाङ द्वारा धादिङ जिल्ला गंगाजमुना गा पा बुढाथुम रातोडांडा निवासी चन्द्र ब घले ( सन्त) लाई एक्कासि पछाडी बाट आई टाउकोमा चिरपट र हतियारले प्रहार गरी हत्या गर्ने उदेश्यको साथ आक्रमण गरिएको छ ।

साथै मेलामा उपस्थित मानिसहरुको सहयोगमा बल्ल तल्ल आक्रमण बाट छुटाइ, हाल धुम्हराहि स्थित HAMS Hospital मा अत्यन्तै गम्भीर अवस्थामा रहेको पीडित पक्षले होराईजन खबरलाई जानकारी दिए। त्यस्तै गम्भीर घाइते घले अझै बेहोस अवस्थामा रहेका छन ।

साथै उक्त घटना घटाउने निज सुभाष तामाङलाई घटना लगत्तै पीडित पक्षले समातेर स्थानीय प्रहरीलाई जिम्मा लगाइएको थियो । तर बिरामीलाई काठमाडौ सिफारिस गरि लगे सगै प्रहरीको समेत मिलेमतोमा दोषीलाई भगाएको पीडित पक्षको गुनासो रहेको छ ।

त्यस्तै पीडित पक्ष द्वारा तत्काल पक्राउ गरी घाइतेको उपचार खर्च ब्यहोर्नुको साथै कानुन अनुसारको आवस्यक कारबाही गर्न जिल्ला प्रहरी कार्यालय गोरखालाई अनुरोध गरिएको छ ।