धादिङ । नेशनल प्याब्सन धादिङको २२ औ बार्षिक साधारण सभा तथा आठौ अधिवेशन शनिबार धादिङ बेसिमा सम्पन्न भएको छ ।
भेलाले प्रयास रेग्मीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको हो ।
नयाँ कार्यसमितिको नामावली
१) अध्यक्ष : प्रयास रेग्मी
२) उपाध्यक्ष : अभिषेक बसौला
३) सचीव : विजय खतिवडा
४) कोषाध्य: सिताराम महत
५) सदस्य: बलराम सिलवाल
६) सदस्य :शोभा कट्टेल तिवारी
७) सदस्य: विशाल श्रेष्ठ
नेशनल प्याब्सन धादिङको निवर्तमान अध्यक्ष ईश्वरि प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रिय कार्यसमिति सदस्य काशीनाथ कोइराला हुनुहुन्थ्यो ।
त्यस्तै अतिथीहरुमा नेपाल पुस्तक तथा स्टशनरी व्यावसायि महासङ केन्द्रीय उपाध्यक्ष तथा त्रिपूरा पुस्तक पसल धादिङका प्रोप्राइटर नारायण कुमार श्रेष्ठ
अतिथी रेडियो बिहानी धादिङका स्टेशन म्यानेजर नीर तामाङ लगायतको रहेकोे थियो ।
नव निर्वाचित अध्यक्ष प्रयास रेग्मीले निजि शैक्षिक संस्थाहरुको हकहित, अध्यापनरत शिक्षकहरुको पेशागत क्षमता बिकास तथा अध्ययनरत बिद्यार्थीहरुको सर्बाङ्गिण बिकासमा आफू र संस्था लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।