धादिङ । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति धादिङकाे सातौ जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । नेपाल मगर संघ काे भातृसंगठन नेपाल मगर विद्यार्थी संघ धादिङकाे अध्यक्ष सन्ताेष सारू मगरकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
शनिवार सम्पन्न अधिवेशनले सन्ताेष सारू मगरकाे अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरिएकाे छ ।
समितिका पदाधिकारी तथा सदस्यहरूहरुको नामावली:
१. अध्यक्ष – सन्ताेष सारू मगर
२ उपाध्यक्ष – कैलास लुङ्गेलि मगर
३.उपाध्यक्ष – रूवन राना मगर
४. सचिव – मन्दिरा थापा मगर
५. सहसचिव- सुसान आले मगर
६.काेषाध्यक्ष- सृष्टि लुङ्गेलि मगर
तथा सदस्यहरूमा
सिजन थापा मगर
विनिता गराैजा मगर
सलिना आले मगर
रेश्मा थापा मगर
सिमाना थापा मगर
मिनु थापा मगर
सुमिना आले मगर
विष्णु थापा मगर
रितिका थापा मगर
रूपेन्द्र सारू मगर ।
नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य सर्मिता गन्द्रमा मगरकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाल मगर संघ वागमती प्रदेशका संगठन सदस्य ईश्वर थापा मगरकाे विशेष आतिथ्यता रहेकाे थियाे । त्यसै गरि नेपाल मगर विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य भाेज वहादुर थापा मगर, नेपाल मगर विद्यार्थी संघ धादिङका पुर्व अध्यक्ष राजेन्द्र राना मगर नेपाल मगर संघ धादिङका अध्यक्ष कुल बहादुर थापा मगर लगायतकाे आतिथ्यता रहेकाे थियाे ।






