धादिङ बेसिमा लोक सास्कृतिक महोत्सव मेला हुदै

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल जिल्ला कार्य समितिको आयोजनामा यहि पौष १९ देखि माघ २ गते सम्म धादिङ बेसि खुल्ला मंचमा लोक सास्कृतिक महोत्सव मेला हुने भएको छ । प्रतिस्थानको आज बसेको तयारी बैठकले उक्त महोत्सव गर्ने निर्णय गरिएको प्रचारप्रसार संयोजक सन्दिप स्याम्चेनले जानकारी दिनु भयो ।

साथै उक्त महोत्सव सम्पन्न गर्न आजको बैठकले विभिन्न जिम्मेवारीहरु समेत तोकिएको छ । अबको केही दिन मै महोत्सवको तयारी बारे पत्रकार सम्मेलन गरि सबै बृस्तित रुपमा जानकारी गराउने प्रतिस्ठानले निर्णय गरेको छ ।

धादिङ बेसिमा ३ बर्ष पछि यो महोत्सव हुँदै छ। बिगतका बर्षहरुमा विभिन्न संघसंस्थाहरु तथा व्यावसायिहरुले आयोजना गरिएको भए पनि यो पटक भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल जिल्ला कार्य समितीले आयोजना गर्न लागिएकोले महोत्सवको नाम लोक सास्कृतिक महोत्सव राखिएको तामाङले बताउनु भयो ।