धादिङ । आर्थिक अभाव हुदा रुबीभ्याली ६ कुप्चेतमा रहेको कर्मा वर्गङ डुप्चेन गुम्बाको भबन निर्माणमा समस्या भएको छ ।
यद्यपि गाउँका बौद्ध धर्मावलम्बीहरुले कुनै निकाय बाट सहयोग प्राप्त नभै सके पछि, स्थानीयहरु कै सक्रियतामा गुम्बा निर्माण गर्ने तयारी गरिएको छ । जस्स अनुसार अभाव रकम सहयोग मार्फत संकलन गर्ने अभियान समेत संचालन गरिएको छ ।
गुम्बा निर्माणको निम्ति हाल सम्म प्राप्त सहयोगको विवरण:
१. माया फर्निचरका संचालक रास्तमन तामाङ द्वारा १ ५६ हजार नगद बराबरको १०० बोरा सिमेन्ट सहयोग ( रुबीभ्याली ५ कपुरगाउँ घर भै हाल काठमाडौमा रहनु हुने)
२. स्थानीय एबं गुम्बाको अध्यक्ष सर्क लामा तामाङ द्वारा १ लाख १ सय २१ रुपैयाँ
३. ममता तामाङ ३० हजार (नुवाकोट काउले माइती भै कुप्चेतमा घर भै हाल बेलायतमा रहनु हुने)
मिति २०२० सालमा स्थापना भएको उक्त गुम्बा २०७२ सालको भूकम्पले क्षति पुर्याए सगै हाल सम्म पनि पुर्ननिर्माण हुन सकेको थिएन । सयौं बौद्ध धर्मावलम्बीहरु भएको यस गाउँमा पुजापाठ लगायत बिभिन्न कर्मकाण्ड गर्न गुम्बा नहुदा स्थानीयलाई अत्यन्तै समस्या भैरहेको छ ।
यसर्थ सहयोगी तथा मनकारी सम्पुर्ण महानुभाबहरुमा सहयोगको निम्ति हार्दिक अनुरोध गरिएको छ ।