मंसिर ५ गते देखि हुने सल्यानटार महोत्सवको उद्घाटन प्रचण्डले गर्ने

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यान्टारमा हुने दोस्रो सल्यान्टार कृषि प्रर्दशनी तथा व्यापार मेला २०८१ को उद्घाटन पुर्ब प्रधानमन्त्री एबं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले गर्ने भएको छ ।

‘स्थानिय श्रोतको प्रर्बद्धन गरौं, देश विकासमा टेवा पुर्‍यौं’ भन्ने मुल नारा सहित यहि मंसिर ५ गतेदेखि मंसिर १५ गते सम्म हुने मेलाको तयारीलाई तिव्र पारिएको आयोजकले जनाएको छ ।

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिका २ नम्बर वडा कार्यालयको प्रर्वद्धनमा मेला हुने भएको हो । मेलामा राष्टिय कलाकारहरु राजु परियार, पशुपती शर्मा, बद्री पंगेनी, रमेशराज भट्टराई, ज्योती मगर, एलिना चौहान, रामजी खाँड, रचना रिमाल, समिक्षा अधिकारी, दुर्गेश थापा, अर्जुन सापकोटा, रिता थापा मगर, देबराज आले मगर, सुरेश बाँनिया, कुमार रणपहेली, रिता कुमाल, आरती आले मगर, लगायत स्थानिय कलाकालरहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । साथै मेलाको अवसरमा महिलाहरुको डोरी तान्ने प्रतियोगीता तथा दोस्रो सल्यान्टार डान्स आईडल पनि हुँदैछ ।