धादिङ । हिन्दु धर्मावलम्बीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा रुबीभ्याली सहिद स्मृती प्रतिष्ठान, धादिङको आयोजनामा रुबीभ्याली गाउपालिकाको वडा स्तरिय सहिद रुबीभ्याली स्मृती प्रतिष्ठान फुटबल प्रतियोगिता-२०८१ को सोमबार लापा गाउँमा उद्घाटन भएको छ ।
धादिङ जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष प्रतापसिङ्ग तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो । रुबिभ्याली गाउपालिकाको विभिन्न वडाहरुबाट १२ टिमको सहभागीता रहेको उक्त खेल उद्घाटन समारोह सम्पन्न पश्चात् खेल चरणबद्व रुपमा मैत्रीपूर्ण वातावरणमा सन्चालन भइ यहि आगामी असोज २५ गते समापन हुनेछ ।
खेलको समापन समारोहमा रुबीभ्याली गाउपालिका अध्यक्ष रामसिङ्ग तामाङको प्रमुख आतिथ्यता र उपाध्यक्ष फेलामा तामाङको विशेष उपस्थितिमा विभिन्न सास्कृतिक कार्यक्रम सहित सम्पन्न हुने प्रतिष्ठानका अध्यक्ष म्लङ्गे तामाङ जानकारी दिनु भयो ।
प्रतियोगीताको पुरस्कार राशि, प्रथम बिजयी समुहले नगद रु ७१,१११ रुपैया (कर सहित)प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले ४२,२२२ (कर सहित) र तेश्रो बिजयी समुहले नगद रु २३,३३३ रुपैया (कर सहित) नगद पुरस्कार सहित शिल, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोला किपर, उत्कृष्ट डिफेन्सर, सर्वाधिक गोल्ड कर्ता लगायतका खेलाडिहरुलाई समेत पुरस्कार तथा मेडलको ब्यबस्था रहेको छ ।
कार्यक्रमको सभापति रुबि भ्याली सहिद स्मृती प्रतिष्ठानका अध्यक्ष म्लङ्गे तामाङ, प्रमुख अतिथि प्रताप सिं तामाङ, बिशेष अतिथीमा रेडक्रस धादिङ उप-मन्त्री मिम्बा तामाङ, वाइ सि एल धादिङ जिल्ला सम्योजक राजन अधिकारी लगायत विभिन्न पार्टी प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी सङ्घ सास्थाको प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो । त्यस्तै सन्चालक सस्थाका सदस्य प्रयस घलेले गरेका थिए ।