नेपाली चलचित्र ‘हामी तीन भाई’ पोस्टर सार्वजनिक

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको प्रस्तुतिमा तयार भएको नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक गरिएको छ ।
‘हामी तीन भाई’ चलचित्रमा मधुसुदन भट्टराईको कथा/निर्देशन रहेको छ भने त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका छन् ।
पटकथा/सम्बाद शिवम अधिकारीको रहेको छ । त्यस्तै छायांकन शिव ढकालले गरेका छन् । चलचित्रमा संगीत साप शक्ति र बाबुल गिरीले दिएका छन् । नृत्य निर्देशन कविराज गहतराजको रहेको छ भने द्वन्द निर्देशन देव महर्जनले गरेका छन् ।
समग्रमा ‘हामी तीन भाई’ विसुद्द पारिवारिक र नेपाली दाजुभाई दिदी बहिनीहरु सबैले एक पटक हेर्नै पर्ने चलचित्र बनेको छ, चाडैं नै रिलिज मिति सार्वजनिक गर्ने तयारी रहेको निर्माता त्रिरत्न श्रेष्ठले जानकारी दिए
कलाकारहरु विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आस्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, सुस्मा निरौला र विष्णु सापकोटा(हर्के हवल्दार) लगायतको मुख्य अभिनय रहेको छ ।