न्यु किबो बोर्डिङले विभिन्न रचनात्मक क्रियाकलापहरु गरि बुक फ्री फ्राइडे मनायो

धादिङ । विगतको हप्तामा झै यो हप्ताको शुक्रबार पनि न्यू किबो बोर्डिङले विभिन्न अतिरिक्त क्रीयाकलाप गरेर बुक फ्री फ्राइडे मनाएको छ !

अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार प्री – प्राइमरी तहअन्तर्गत विभिन्न थिममा आधारीत रहेर विधार्थी भाइबहिनिहरुले कलरीङ गरि शुक्रबारलाई क्रीयाकलापमा आधारित शिक्षणमा ढाली मनाए भने कक्षा १ र २ कक्षाहरुले Reading Competition र The Movie Show क्रियाकलाप संचालन गरि शुक्रबारलाई स्मरणीय बनाए भने कक्षा ३ देखि ७ सम्मका विधार्थी भाइबहिनीहरु Mini Marathon Essay Writing मा समावेश हुदा कक्षा ८ र ९ का विधार्थी भाइबहिनिहरु Marathon Essay Writing Competition मा समावेश भै शुक्रबारलाई विशेष बनाएको बताउनु भयो ।

सम्पुर्ण विधार्थी भाइबहिनिहरुलाइ गर्दै, सिक्दै भन्ने कुरालाई जोड दिदै क्रियाकलापमा आधारित शिक्षण सिकाईलाई न्यु किबो बोर्डिङले प्राथमिकता राख्दै आएको कुरा विधालय प्रीन्सिपल प्रयास रेग्मिले बताउनु भयो ।