जापानीज शिक्षकहरु द्वारा ‘न्यु किबो बोर्डिङ’मा सिर्जनात्मक सिप तथा तालिमहरु प्रदान

धादिङ । न्यु किबो बोर्डिङमा जापानीज प्राध्यापक तथा शिक्षकहरुको सहजीकरणमा कक्षा ३, ४ र ५ का विद्यार्थी भाइबहिनीहरुलाई विभिन्न सिर्जनात्मक सिपहरु (Origami र Kirigami) साथै शारीरिक अभ्यासहरु पनि सन्चालन गरिएको ।

विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्ट्का अनुसार भाद्र ५ र ६ गते संचालित यस कार्यक्रममा पहिलो दिन भदौ ५ गते परिचयात्मक कार्यक्रम सङसङै सामान्य सांस्कृतिक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो भने दोस्रो दिन विभिन्न सिर्जनात्मक तथा शारीरिक अभ्यासका कार्यक्रमहरु संचालन गरिएको थियो !

PK2 संगठनको समन्वयमा जापानीज प्राध्यापक तथा शिक्षकहरु मासाटो काई, खायोका सावादा, ज्युन्को तुचिया र ज्युन्को काईले सहजीकरण गर्नु भएका थिए !

यस्ता कार्यक्रमहरुले ग्लोबलाइजेसन समयको बेलामा विधार्थी भाइबहिनीहरुलाई विस्व बजारमा प्रतिस्पर्धा गर्न र बिक्न सहज हुने हुँदा, न्यु किबो बोर्डिङले यस्ता गतिविधिलाई प्राथमिकता दिदै आएको विद्यालयका प्रीन्सिपल प्रयास रेग्मिले बताउनु भयो ।