अखिल क्रान्तिकारी धादिङको २२ औँ जिल्ला सम्मेलन धादिङ बेसिमा भाद्र १५ गते हुने

धादिङ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी धादिङको २२औँ जिल्ला सम्मेलन आगामी भाद्र १५ गते गर्ने भएको छ ।

शनिबार जिल्ला पार्टी कार्यालय धादिङवेशीमा संगठनका अध्यक्ष विनोद आचार्यको अध्यक्षता जिल्ला पार्टी सचिव दिपक लामिछाने सुबोधको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकबाट अखिल क्रान्तिकारी धादिङको २२औँ जिल्ला सम्मेलन आगामी भाद्र १५ गते जिल्ला सदरमुकाम धादिङवेशीमा गर्ने निर्णय भएको जिल्ला सह सचिव श्री कृष्ण रिजालले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।

 

उक्त वैठकबाट सम्मेलनको लागि विभागीय जिम्मेवारी समेत तोकेको छ । जसको आर्थिक विभागमा विनोद आचार्यको संयोजक रहने गरि तीन सदस्य, राजनैतिक तथा प्रतिवेदन लेखनमा उपेन्द्र जमरकटेलको संयोजकमा ४ सदस्य, प्रचार प्रशार विभागमा गजेन्द्र गुरुङको संयोजकमा ५ सदस्य, मञ्च व्यवस्थापनमा ईश्वरी प्रसाद आचार्यको संयोजकमा तीन सदस्य, यातायात तथा जन परिचालनमा विवेक पोखरेलको संयोजकमा तीन सदस्य रहने गरि निर्णय भएको हो ।

अखिल क्रान्तिकारी धादिङको सम्मेलनलाई सभ्य  भव्य  बनाउन सबै पार्टी संगठन, जबस मोर्चा, आम न्यायप्रेमी विद्यार्थी वर्गमा सहयोगको लागि अपिल समेत गरेको छ ।

उक्त वैठकमा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य धादिङ जिल्ला ईन्चार्ज उपेन्द्र जमरकटेल लगायत जिल्ला भरिका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।