अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने

धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्यनरत अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच मंगलबार मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुने भएको छ ।

धादिङ बेसि स्थित धादिङ फुटबल हाउसमा बिहान ७:३० बजे हुन लागिएको उक्त प्रतियोगितामा छात्र तथा छात्रा दुबै समुहको खेल हुने अनेरास्ववियु क्रान्तिकारी नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष इस्वर आचार्यले होराईजन खबरलाई जानकारी दिनु भयो ।

साथै खेलमा सहभागी हुन क्याम्पसका सम्पुर्ण खेलप्रेमी विद्यार्थीहरुमा आग्रह गरिएको छ ।