धादिङ । उत्तरी धादिङको धार्मिक तिर्थस्थल प्यालदोर मानेमा यहि भदौ ०३ गते भदौ पूणिर्माको दिन भव्य मेला हुने भएको छ ।
रुबीभ्याली गाउँपालिका १ प्यालदोर मानेमा आगामी भदौ ०३ गते झाँक्री/बोन्बो र लामाहरु उपस्थित भई विशेष पुजापाठ गर्ने गरिएको छ।
रुबीभ्याली गाउँपालिका र रुबीभ्याली प्यालदोर युवा समाजले पर्यटन संगै पवित्र धार्मिक तिर्थस्थल,धर्म संस्कार संस्कृति प्रबर्द्धन र लोप हुदै गईरहेको एतिहासिक तिर्थस्थललाई जोगाउनका लागि प्यालदोर मानेमा हुन गइरहेको कार्यक्रममा रुबीभ्याली पुरुदेखि प्यालदोर मानेमा जानुहुँने अन्तारिक, बाह्य पर्यटन तथा झाँक्री/बोन्बो ,लामा र सम्पूर्ण मेलामा सभगी हुने हरुलाई खाना बस्नको व्यवस्था समेत गरिएको छ।
कार्यक्रमहरु:
१) भदौ १ गते पुरुदेखि म्यान्ज्यू खर्क सम्मको यात्रा ।
२) भदौ २ गते म्यान्ज्यू खर्क देखि माने घ्रालुङ सम्मको यात्रा ।
३) भदौ ३ गते माने घ्रालुङ देखि प्यालदोर माने प्रस्थान गरी निम्नलिखित कार्यक्रमहरु सञ्चालन हुने ।
१) लामा गुरुहरु द्वारा साङ शेर्केम (भूमि शुद्धिकरण पूजा र लुङ्ता लगाउने)
२) बोम्बो नाच
३) मेन्दोमाया , साइगोले प्रतियोगिता र मानेदोरा नाच हुने ।