रसुवा । पासाङल्हामु राजमार्गको बेत्रावती कालिकास्थान सडकमा भीषण पहिरो गएको छ । गएरातिको ठूलो वर्षसागै सडक भासिएको छ । उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ स्थित बनुवामा करिब ३० मिटर सडक पहिरोले बगाएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।
दुई वर्षअघिको पहिरोले झण्डै दुई महिनासम्म बन्द भएको सडक जालीवाल लगाएर सञ्चालनमा ल्याइएको थियो । गएराति सोही वाल पहिरोसँगै तल झरेको छ । पहिरोले वाल झरे पनि भित्तामा केही सडक बाँकी भएकाले त्यहीबाट जोखिमपूर्ण रूपमा सडक सञ्चालनको तयारी भैरहेको छ ।
यो सडक बन्द हुँदा रसुवागढी प्रवेशको एकमात्र मार्ग अबरूद्ध भएको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष अर्यालले सडकको दुरावस्थाका बारेमा सम्बन्धित निकायमा पूर्व जानकारी दिँदा समेत वेवास्ता गरेर लापरवाही गरेको गुनासो गरेका छन ।
दुई वर्षअघिको पहिरो, जाली वाल लगाएपछिको अवस्था, गएरातिको पहिरो