बाढीले बगाएको रुबीभ्याली लापाको २ पुलको स्थानमा, स्थानीयले निर्माण गरे अस्थाई काठेपुल

धादिङ । गत असार ३० गते राती परेको मुसलधारे बर्षा सगैको बाढी पहिरोले उत्तरी धादिङको रुबीभ्याली ५ लापा गाउँको फेदिमा रहेको एउटा ट्रच बृजको पुल , एउटा काठेपुल बगाएको थियो ।

उक्त पुलहरुको सट्टामा स्थानीय लापा बासीले मंगलबार काठेपुलको निर्माण गरिएको स्थानीय मिम्बा तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

मुख्य गरि रुबीभ्याली ५ र ६ का झण्डै ५/६ वटा गाउँका स्थानीयहरु आवतजावत गर्ने उक्त पुल बाढीले बगाए सगै स्थानीयहरुलाई निकै समस्या परेको थियो ।

उक्त अस्थायी दुई पुलहरु निर्माण गरिए सगै लापा गाउँका स्थानीयलाई घाँस, दाउरा, बस्तु भाउ चराउन, खेतबारीमा काम गर्न सहज हुनेछ भने , थोवा खोलामा बनेको अस्थायी पुलले रुबीभ्याली ५ र ६ का ५/६ वटा गाउँका स्थानीयलाई आवतजावत गर्न सहज हुनेछ ।

यद्यपि खोला ठुलो भिरालो स्थानमा भएकोले पुल बाट लड्ने वा पक्की नहुने हुँदा सकभर छिट्टै ती दुबै स्थानमा पुल निर्माण गर्नु पर्ने आवस्यकता रहेको स्थानीय बताउन्छन ।