पहिलो पटक धादिङ अस्पतालले नयाँ प्रकृतिको समस्याको शल्यक्रिया गर्न सफल

धादिङ । गत राती अचानक पेट दुखेर धादिङ अस्पताल आउनु भएका ७० बर्षका पुरुषको सबै चेक जाँच गर्दा आन्द्रामा प्वाल परेको ( DUODENAL PERFORATION )र पेटमा तरल पदार्थ जमेको भन्ने थाहा भए पछि अस्पताल मा रहेको शल्यक्रिया टीम ले तुरुन्त अप्रेशन गरेर बिरामीको जीवन बचाउन सफल भएका हुन ।
सो कार्य मा सहभागी सर्जन टीम डा नवीन महासेठ , डा प्रकृति भट्टराई , अनेस्थासियालोजिष्ट डा दिपेश श्रेष्ठ , एनेस्थेसिया असिस्टेन्ट संगीत छत्कुली , स्क्रब नर्स , ओ टी असिस्टेन्ट लगायतको टिम रहेको अस्पताल जानकारी गराएको छ ।

यो प्रकृतिको शल्यक्रिया धादिङ अस्पताल को लागि पहिलो पटक हो ।