धादिङ अस्पतालमा ४४ जना स्वास्थ्यकर्मीहरुलाई रोजगारीको अवसर

धादिङ । धादिङको सदरमुकाममा रहेकोे धादिङ जिल्ला अस्पतालले ४४ जना स्वास्थ्य कर्मचारीहरु करार सेवामामा माग गरेको छ । बुधबार एक सूचना प्रकाशन गर्दै अस्पतालले रिक्त चिकित्सक स्वास्थ्यकर्मी माग गरेको हो ।

सुचनामा उल्लेख गरिए अनुसार, नवौँ तहका ७ जना विशेषज्ञ चिकित्सक मागिएको छ । आठौँ तहमा ५ जना मेडिकल अफिसर र १ जना डन्टल सर्जन मागेको छ । यस्तै विभिन्न विषयमा गरी सातौँ तहमा ३ जना, १० जना स्टाफ नर्ससहित पाचौँ तहमा २४ जना माग गरिएको छ ।

योग्यता पुगेका इच्छुकलाई साउन १ गतेको १५ दिनभित्र आवेदन दिन भनिएको छ । आवेदन शुल्क नवौँ तहका लागि २००० रुपैयाँ, आठौँ र सातौँ तहका लागि १२००, पाचौँका लागि ७०० तोकिएको निमित्त अस्पताल निर्देशक गगन अधिकारीले बताए ।