रसुवा । रसुवाको मन्चेट केन्द्रबिन्दु भएर आज (बुधबार) दिउँसो भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रसुवाको मन्चेट आसपास केन्द्रबिन्दु भएर आज दिउँसो ३ बजेर २४ मिनेटमा ३.९ म्याग्निच्युड भूकम्प गएको हो।
यसअघि आजै बिहान ४ बजेर ४० मिनेट जाँदा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडकै भूकम्प गएको थियो।
भूकम्पविद्का अनुसार यो क्षति पुर्याउने खालको भूकम्प भने होइन।
यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।