सायन चर्च लापाका ५० भन्दा बढी बिस्वासीहरुको सहभागीतामा सायन टोलको सरसफाइ

धादिङ । रुबीभ्याली ५ लापा ठुलो गाउँमा रहेको सायन चर्चका ५० भन्दा बढी बिस्वासीहरुको सहभागीतामा आफ्नो टोल सरसफाइ गरिएको स्थानीय मंगल तामाङले जानकारी दिनु भयो ।

सायन टोलको बाटोहरु, धारा, सबैको घरका वरपरका स्थानहरूमा बर्षाको समय उम्रीएका झारपातहरु, लगायत अन्य फोहोर संकलन गरि उचित स्थानमा ब्यबस्थापन गरिएको छ ।

त्यस्तै सरसफाइ कार्यक्रम पछि सायन टोल अत्यन्तै सुन्दर देखिएको स्थानीयहरुले बताए ।