धादिङ । रुबीभ्याली ५ लापाको ठूलो गाउँ फेदीमा रहेको थोवाको ट्रच बृज हिजोको बर्षताको ठूलो बाढीले बगाएको छ । भने सोही पुल भन्दा अलि माथी रहेको राको खोलाको काठेपुल पनि गत रातिको बादीले बगाएको स्थानीय मिम्बा तामाङले बताउनु भयो ।
मुख्य गरि रुबीभ्याली ५ र ६ का झण्डै ५/६ वटा गाउँका स्थानीयहरु आवतजावत गर्ने उक्त पुल बाढीले बगाए सगै स्थानीयहरुलाई निकै समस्या भएको छ । त्यसै गरि उक्त पुल हुदै सयौं लापा माध्यमिक विद्यालयमा विद्यार्थीहरु पनि आउने गर्दछन ।
बर्षातको समय, खोला बढेर अत्यन्तै ठुलो भएको छ र एक मात्रै भएको उक्त मुख्य पुल बाढीले बगाएको हुँदा तत्काल बिकल्पमा अर्को पुल वा अस्थायी पुल हाल्नु पर्ने भएको छ । यसको निम्ति स्थानीय, प्रदेश तथा संघीय सरकारको विशेष ध्यानाकर्षण भै समस्या समाधान गरिदिन स्थानीयहरुको माग रहेको छ ।