रुबीभ्यालीका पहिरो पीडितलाई नेपाल रेडक्रस धादिङले राहत सामाग्री प्रदान गर्दै

धादिङ । केहिदिन देखि परेको अविरल वर्षाको कारण रुबीभ्याली गाउँपालिका वडा न. ४ रबा स्थित गल्गडाँडा कोच्चोङ भिरमा गएको पहिरोले मुख्य गरि २ घरमा धेरै क्षति पुगेको थियो भने अन्य ५ घरहरुमा पनि क्षति पुग्नुको साथै गाउँ नै उच्च जोखिममा परेको थियो ।

उक्त पहिरो पीडितहरुलाई तत्काल केही राहत होस भनी अति आवस्यक सामाग्रीहरु नेपाल रेडक्रस सोसाइटी धादिङले बुधबार जिल्ला शाखा धादिङको कार्यालय बाट धेरै प्रभावित ६ घर परिवारलाई ६ थान तिरपाल, प्रत्येक घरलाई २/२ थान ब्ल्याङ्केट, आवस्यक खाना पकाउने भाडाकुडा, बाल्टिन लगायतको सामाग्री हस्तान्तरण गरिएको रेडक्रस धादिङका अध्यक्ष दुर्लभ कुमार तामाङले होराईजन खबरलाई बताउनु भयो ।