उज्बेकिस्तनको मकोम कला अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर फर्किए डा.आरसी कोइराला

काठमाडौं । गत जुन २७ देखि जुलाई १ सम्म आयोजित मकोम कला अन्तर्राष्ट्रिय सम्मेलन २०२४ मा भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा.आरसी कोइराला ‘रामचन्द्र’ नेपाल फर्किनु भएको छ । उज्बेकिस्तान सरकार संस्कृति मन्त्रालयको विशेष निमन्त्रणामा कोइराला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उज्बेकिस्तान पुग्नुभएको थियो । पाँच दिनसम्म चलेको सम्मेलनको उद्घाटन उज्बेकिस्तानका राष्ट्रपति शवकत मिर्झियोयेवले गर्नुभएको थियो भने सम्मेलनको आयोजना संस्कृति मन्त्रलएले गरेको थियो ।

विश्वका ८० भन्दा बढी देशबाट उपस्थित संस्कृतविद्, कलाकारहरू तथा प्रतिनिधिहरूका बीचमा कोइरालाले नेपाली परम्परागत एवं मौलिक लोककला र लोकसंस्कृतिको विषयमा तयार पर्नुभएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

जसरी उज्बेकिस्तनले आफ्नो मकोम कलालाई प्रबर्द्धन गर्दै विश्वालाई मकोम कलाको बारेमा प्रचारप्रसार गराउँदै आएको छ त्यसले हरेक देशले आफ्नो कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै युवा पिढीलाई हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्ने धारणालाई आफ्नो कार्य पत्रमा जोड दिएको कोइरालाले बताउनुभएको थियो । ‘संस्कृति नै देशको पहिचन हो यसको संरक्षण, सम्बद्र्धन-प्रबद्र्धन गर्न सधैं सरकारको मात्र मुख नताकी संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन हामी सबैको सझा कर्तव्य हो’, उहाँले सम्मेलनमा भन्नुभयो ।