एसईईमा धादिङ जिल्ला प्रथम बनिन् न्यू किबो बोर्डिङकी शिल्पा श्रेष्ठ

धादिङ । जिल्ला सदरमुकाम स्थित न्यू किबो बोर्डिङ स्कुलमा अध्ययन गरि एसईई दिएकी शिल्पा श्रेष्ठले ४ जिपीए ल्याएर जिल्ला कै प्रथम बनेकी छिन् ।

देश भरिबाट ४ जिपीए ल्याउने १८६ जना भएकोमा न्यू किबो बोर्डिङ स्कुलमा अध्ययन गरि एसईई दिएकी शिल्पा श्रेष्ठ नेपालकै प्रथम हुनेमा परेकी छिन् ।

न्यू किबो बोर्डिङबाट यस वर्षको एसईईमा ३० जना विद्यार्थी सहभागी भएकोमा सबै उतिर्ण भएको प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयो ।

सहभागी विद्यार्थी मध्य ४ जिपीए ल्याउने १ जना, ३.६ जिपीए ल्याउने १२ जना, ३.२ जिपीए ल्याउने १२ जना र २.८ जिपीए ल्याउने ५ जना रहेका छन् ।

धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी थिए । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

निजी स्तरबाट सञ्चालित न्यू किवो वोर्डिङस्कुल वर्षेनी सत प्रतिशत नतिजा सहित जिल्लाको अग्र स्थानमा रहन सफल भएका छन् ।