नीलकण्ठ ८ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न: ८ सय ८० जनाको परिक्षण

धादिङ । नीलकण्ठ नगरपालिका धादिङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शनिबार वडा नम्बर ८ को कार्यालय प्राङ्गणमा वडाको आयोजना जिल्ला अस्पताल धादिङ र सामुदायिक आँखा केन्द्र धादिङको प्राविधिक सहयोग, रोटरी क्लब अफ धादिङ, आधारभुत स्वास्थ्य संस्था रामकोटको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

उक्त शिविरमा ४ सय ८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा दाँत सम्बन्धी परीक्षण, नाक कान घाँटीको परीक्षण, मुटुको ईसिजि, स्त्रीरोग तथा प्रशुती सम्बन्धी जाँच, आँखा लगायतका जनरल सेवाहरु विषयगत विशेषज्ञद्धारा स्वास्थ्य परीक्षण गरिएको थियो ।