न्यु किबो बोर्डिङ स्कुलले रचनात्मक रुपमा अतिरिक्त क्रियाकलाप गरेर ‘गुड फ्राइडे’ मनायो

धादिङ । न्यु किबो बोर्डिङ स्कुलले बिगतको हप्तामा झै यो शुक्रबार पनि विभिन्न अतिरिक्त क्रियाकलाप गरेर शुक्रबारलाई विशेष बनाएको छ ! अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार, प्री- प्राइमरी तर्फ विभिन्न ड्रइङ तथा कलरीङ, प्राइमरी तर्फ नेपाली हस्तलेखन प्रतियोगिता र सिनियर तर्फ छात्राहरुको लागि दुना टपरी गास्ने कार्यक्रम र छात्रहरुको लागि पलम्बिङ सम्बन्धि ट्रेनिङ दिएर शुक्रबार पठनपाठन भन्दा पनि अन्य अतिरिक्त क्रियाकलाप गरि शुक्रबारलाई ” Good Friday” मनाइएको बताउनु भयो !

त्यसैगरी विद्यार्थी भाइबहिनीहरुलाइ शैक्षिक पक्ष सगै व्यबहारीक, जीवन उपयोगी र प्रयोगात्मक पक्षलाई पनि जोड्न शिक्षाको क्षेत्रमा यस्ता किसिमको गतिविधिले महत्त्वपूर्ण भुमिका खेल्ने र विद्यार्थीहरुको जिबनमा रचनात्मकताको आवस्यकता रहेको हुँदा, त्यस्ता गतिविधिहरु किबो बोर्डिङले गर्दै आएको कुरा विद्यालय प्रीन्सिपल प्रयास रेग्मिले बताउनु भयो !