गंगाजमुनाको लतापबाट धादिङ बेसी जादै गरेको जिप त्रिपुरासुन्दरी ६ मा दुर्घटना

धादिङ । त्रिपुरासुन्दरी गाउँ पालिका वडा नं ६ स्थित गोलाङ – आगिन्चोक सडक खण्डमा सवारी दुर्घटना भएको छ। गंगा जमुना गाउँ पालिका लतापबाट धादिङ बेसी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ५०१३ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा परी ४ जना सामान्य घाइते भएको र घाइतेलाई उपचारको लागि धादिङ जिल्ला अस्पताल पठाएको जानकारी सल्यान्टार इ प्र का का प्रमुख प्र.ना.नि. बिष्णु नेपालीले जानकारी दिनुभएको छ।