सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउदै

काठमाडौं : सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिकालगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको बताइन्।