ट्रम्प ३४ आरोपमा दोषी ठहर: जुलाई ११ मा सजाय तोकिने

अन्तरास्ट्रिय खबर । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ ।

उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ ।

ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् ।

ट्रम्प आफ्नो छोरा एरिकको हात समातेर अदालतबाट बाहिर निस्किने क्रममा न्यायाधीशलाई विवादास्पद भनेका थिए । उनले भने, यो लाजमर्दो कुरा भएको बताउदै यो मुद्दा एक विवादास्पद न्यायाधीशद्वारा संचालित एक धाँधली परीक्षण भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘यतिबेला देशैभर धाँधली भइरहेको छ । बाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्याउन यो सबै गरेको हो । मामिला टुंग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौं । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौं ।’

अर्कोतर्फ, ट्रम्पलाई दोषी ठहर गरेपछि बाइडेनका चुनावी अभियानका प्रवक्ताले कानुनभन्दा माथि कोही नभएको बताएका छन् ।

अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाई हुने भएको छ ।