वाइसीएल धादिङको चौथो जिल्ला भेला सम्पन्न: संयोजकमा राजन लम्साल चयम

धादिङ । योङ कम्युनिष्ट लिग ( YCL ) धादिङको चौथो जिल्ला भेला बुधबार धादिङवेशी स्थित नेपाल रेडक्रसको भवनमा भब्य रूपमा सम्पन्न भएको हो । भेलाबाट राजन लम्साल (ज्वाला)को नेतृत्वमा ३९ सदस्यको जिल्ला समन्वय समिति समेत गठन गरिएको छ ।

( YCL) धादिङका संयोजक रोमी घलेको अध्यक्षतामा सम्पन्न भएको भेलामा ने.क.पा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं धादिङ जिल्ला ईन्चार्ज पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै संगठनको केन्द्रिय कोषाध्यक्ष सन्तोष पनेरु, ने.क.पा माओवादी केन्द्र धादिङका संयोजक तथा सहिद स्मृति सञ्चार सहकारी धादिङको अध्यक्ष मनराज भण्डारी शैलेस, केन्द्रिय सदस्य राम बहादुर भण्डारी, प्रदेश सचिवालय सदस्य दिपक विश्वकर्माको विशेष आतिथ्यता रहेको थियो । १३ वटै स्थानीय तहका अध्यक्ष पदेना सदस्य रहनेगरि जिल्ला समन्वय समितिमा मनोनित गरिएको हो ।