धादिङमा विभिन्न किसिमका सीप मुलक नि:शुल्क तालिमको सुरु

धादिङबेशी । जिल्ला युवा समिति धादिङको आयोजनामा धादिङमा १ महिने १६० घण्टे निःशुल्क तालिम सुरु भएको छ । तालिममा निःशुल्क कुक, वेटर, सामुदायिक कृषि सहायक,ब्यटिसियन,टेलरिङ र बिल्डङ ईलेक्ट्रिसियन तालिमको एक कार्यक्रमका बिच शनिबार उद्घाटन गरिएको छ ।

सिर्जनशलता र उद्यमशीलता प्रवर्धन ः बागमतीमा युवा सशक्तिकरण भन्ने नाराका साथ बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा तालिम संचालन गर्न लागिएको हो ।

तालिमलाई ब्रिलियन्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा.ली.काठमाण्ठौ,वल्र्ड लिङ्क टेक्निकल ट्रेनिङ ईन्स्टिच्युट सेन्टर काठमाण्डौ, नवरत्न टेक्निकल ट्रेनिङ ईन्स्टिच्युट प्रा.ली.काठमाण्डौ, एसोसियट नेपाल सिनर्जी प्रा.ली. काठमाण्डौले सहजीकरण गर्ने भएको छ ।

प्रदेश युवा स्वयमसेवक सपना दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्माको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका समन्वय समितिका प्रमुख नवराज अधिकारीले अरुको काम गर्नु भन्दा आफै स्वरोजगारी भएर आफ्नै काम गर्नको लागि आग्रह गर्नुभयो । कुरा गर्नु भन्दा पनि काम गर्नु ठुलो भएको भन्दै सिप युक्त बनेर सफल व्यक्तिको पछि लाग्नको लागि आग्रह गर्नुभयो ।

स्रोत : रेडियो बिहानी