आज देखि ब्रोकर कमिसन घट्यो, यस्तो छ सेयर कारोबारमा लाग्ने नयाँ कमिसन दर

काठमाडौं । आज मंगलबारदेखि धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ । मंगलबारदेखि हुने सबै कारोबारमा घटेको ब्रोकर कमिसन लागू हुने सीडीएस एण्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

‘आजदेखि कार्यान्वयन हुनेगरी सिस्टममा नयाँ कमिसन दर सेट गरी परीक्षण पनि गरिसकेका छौं’ उनले भने । विद्यमान कायम ब्रोकर कमिसनमा १० प्रतिशत घटाइएको छ ।

अब सेयर कारोबारमा लगानीकर्ताले अधिकतम ०.३६ प्रतिशत ब्रोकर कमिसन तिर्नेछन् । यसअघि ०.४० प्रतिशत थियो । यस्तै ब्रोकर कमिसनको तल्लो सीमा ०.२४३ प्रतिशतमा झरेको छ ।

कारोबार रकममा ब्रोकरको नयाँ कमिसन दर :

कारोबार रकमनयाँ ब्रोकर कमिसन दर५० हजारसम्म०.३६ %५० हजारदेखि ५ लाखसम्म०.३३ %५ लाखदेखि २० लाखसम्म०.३० %२० लाखदेखि १ करोडसम्म०.२७ %१ करोडमाथि०.२४३ %

ब्रोकर कम्पनीहरुले आफूले पाउने कमिसनबाट नेपाल स्टक एक्स्चेन्जलाई २० प्रतिशत रकम छुट्टै बुझाउँदै आएका छन् । ब्रोकर कम्पनीहरुको कमिसन घटेसँगै नेप्सेले पाउने कमिसन पनि स्वतः घट्ने भएको छ ।

ब्रोकर कम्पनीहरु भने पटक पटक कमिसन घटाउँदै गएपछि कार्यालयको सञ्चालन खर्च धान्न धौधौ परेको बताउँछन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा ब्रोकर कम्पनीहरुको सञ्चालन दीगो बनाउन कामको दायरा बढाउनेगरी नियामकले सोच्नुपर्ने बेला आएको बताए ।