नेकपा एमाले रुबीभ्यालीको दोस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा नरमान तामाङ चयन

धादिङ । नेकपा एमाले रुबीभ्याली गाउँपालिकाको दोस्रो अधिवेशनबाट अध्यक्षमा नरमान तामाङ सर्वसम्मत अध्यक्षमा चयन भएको छ ।।

रुबीभ्याली गाउँपालिकाको पेन्तिसियामा सम्पन्न अधिबेशनले उपाध्यक्षमा निर्माण तामाङ, सचिवमा मूलबहादुर तामाङ, उपसचिवमा राम घले चयन गरिएको छ ।

नेकपा एमाले धादिङले अभियान स्वरुव पालिकाहरुको अधिवेशन गरिरहेको छ । यहि अभियान अन्तर्गत नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेल, धादिङका इन्चार्ज धर्मदक्त देवकोटा, केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, मिनराज कँडेल, राम प्रसाद अधिकारी, अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटासहित जिल्ला कमिटिका पदाधिकारी र नेताहरु गाउँ गाउँ पुगिरहेका छन् ।

नेकपा एमाले लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले अधिवेशन उद्घाटन गर्दै रुबीभ्याली विकास एमालेले सुरु गरेकोले अब फेरि एमाले विना विकास सम्भव नहुने बताए ।