खनियाबासको कुरी गाउँमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

धादिङ । खनियाबास गाउँपालिका वडा न. ३ स्थित कुरि गाउँमा आइतबार बृहत पालिका स्तरीय सरसफाई कार्यक्रम सम्पन्न भएको छ!

खनियाबास गाउँपालिकाको आर्थिक सहयोगमा भएको बृहत सरसफाइ कार्यक्रम पालिका उपाध्यक्ष सेक्केमान तामाङको संयोजकत्वमा भएको थियो भने सरसफाइ समितिका अध्यक्ष निरमाया तामाङको अध्यक्षता रहेको थियो ।

शान्ति नेपाल संस्थाका मन्जु तामाङले सहजीकरण गर्नु भएको उक्त कार्यक्रममा कुरी गाउँका १७९ जना स्थानीयहरुको सकृय सहभागीता रहेको थियो । सरसफाइ कार्यक्रम पश्चात् धार्मिक तथा प्राकृतिक रुपमा समेत सुन्दर गाउँ अझै सफा अनि सुन्दर देखिएको स्थानीयले बताए ।