रुबीभ्याली ५ द्वारा गोरक्षा हाइड्रो पावरले वडामा मनोमानी ढंगले कार्य गरेकोमा प्रेस बिज्ञप्ति

धादिङ । रुबीभ्यालीमा हाल तीब्र रुपमा निर्माण कार्य भै रहेको गोरक्षा हाइड्रो पावरले पछिल्लो समय रुबीभ्याली ५ को भुभागहरुमा मनोमानी ढंगले वडा संग र वडाको स्थानीय संग कुनै किसिमको सल्लाह र छलफल नगरी परियोजना संचालन गरि रहेको हुनाले गम्भीर ध्यानाकर्षण भएको भन्दै वडा अध्यक्ष रम्बा तामाङको नेतृत्वमा आज हाइड्रोको कार्यालयम प्रेस बिज्ञप्ति सहित ध्यानाकर्षण पत्र बुझाएको छ ।

आगामी दिनहरुमा पनि जनहित बिपरित वडामा कुनै किसिमको कार्यहरु गरेमा कानुनी कारबाहीमा जाने र स्थानीय वडा बासीहरुको मागहरू पूरा गर्न समेत ध्यानाकर्षण गरिएको छ ।

बिज्ञप्तिमा स्थानीयहरुलाई शिक्षा, स्वास्थ, यातायात, ipo को ब्यबस्थापन, प्रभावित क्षेत्रको पुर्नवासको ब्यबस्थापन, सरोकार समिति गठन लगायतको मागहरु तुरुन्तै पूरा गर्न तथा सुबिधाहरु स्थानीयलाई प्रदान गर्न अनुरोध गरिएको छ ।