न्यु किबो बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरि मातातीर्थ औशी मनायो

धादिङ । न्यु किबो बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरि मातातीर्थ औशी मनाएको छ । “आमा” भन्ने शीर्षकमा करिब ६० जना भन्दा बढी विद्यार्थी भाइ बहिनीहरुले आमा प्रतिको सम्मान, माया र स्नेहलाई विभिन्न कथा, कबिता, मुक्तक, निबन्ध, आदि मार्फत व्यक्त गरेका थिए ।

त्यस्तै जन्म दाता महान “आमा”लाई यस दिन मात्र माया र सम्मान दिएर हुदैन, बर्षको ३६५ दिन नै विशेष माया र सम्मान दिनु पर्ने र आवस्यकता अनुसार हेरचाह गर्नु पर्ने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्ट बताउनु हुन्छ ।