रुबीभ्यालीमा सामाजिक कुरीति विरुद्धको जनचेतना कार्यक्रम सम्पन्न

धादिङ । जिल्ला समन्वय समिति धादिङको आयोजनामा रुबीभ्यालीमा सामाजिक कुरीति विरुद्धको जनचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

धादिङको दुर्गम गाउँपालिकाको रुपमा रहेको रुबीभ्याली गाउँपालिकामा रहेको सामाजिक कुरीति हटाउन, पालिकाको सरोकार निकायहरुलाई सचेतना प्रदान गर्दै, सामाजिक बिकृति, बिसंगती हटाएर भै परि आउने हिंसा न्यूनीकरणको लागि तालिम संचालन गरिएको जिल्ला समन्वय समिति अधिकारी एबं तालिमको सहजकर्ता समेत रहनु भएका रामाश्रय यादबले बताउनु भयो । तालिममा सहभागीहरुलाई Resource Game’ को माध्यम बाट समाजमा कुरितीको जग कहा बाट उत्पन्न हुदो रहेछ भनेर यादवले प्रस्टीकरण समेत गर्नु भएको थियो ।

त्यस्तै सहभागी प्र.अ. लक्ष्मी धकालले यस्तो दुर्गम गाउँपालिकामा आएर समाजको कुरीति सम्बन्धि शिक्षा प्रदान गर्नु भएकोमा अत्यन्तै खुसी लागेको र उक्त शिक्षा विद्यार्थी भाईबहिनीहरुलाई पनि सिकाउने बताउनु भयो । त्यस्तै अर्का सहभागी तालिम संचालन भएको विद्यालयका प्र.अ. बहादुर बि.क.ले विभिन्न असहज र अभाव भौतिक अवस्थाहरुको बिच तालिम संचालन गर्नु भएकोमा धेरै धेरै धन्यवाद ब्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला समन्वय धादिङका सम्पुर्ण पदाधिकारी तथा कर्मचारीहरु, रुबीभ्याली गाउँपालिका अध्यक्ष, पालिका भरिका सम्पुर्ण प्र.अ., रुबीभ्यालीका पालिकाका कर्मचारी, प्रहरी साथै च्याम्रा देबि माबिका विद्यार्थीहरुको सहभागी रहेको थियो ।