धादिङको वेनीघाट रोराङले शिक्षक सेवा आयोगको निशुल्क परीक्षा तयारी कक्षा सञ्चालन गर्ने

धादिङ । वेनीघाट रोराङ गाउँपालिकाले प्राथमिक तहका लागि शिक्षक सेवा आयोग परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको बार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत गाउँकार्यपालिकाको वैठकले निर्णय गरी विहीबार एक सूचना जारी गर्दै प्राथमिक तहका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो । उक्त कक्षामा सहभागी हुन गाउँपालिका स्थायी ठेगाना भएका स्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेकालाई समेटेको सूचनामा भनिएको छ ।

सिमान्तकृत, विपन्न तथा दलितलाई विशेष प्राथमिकतासाथ सञ्चालन हुने तयारी कक्षाको लागि सूचना प्रकाशन भएको मितिले ५ दिन भित्र चन्द्रोदय बहुमुखी क्याम्पस,विशालटार धादिङमा निवेदन दिनुहुन अनुरोध गरिएको छ ।

स्रोत : रेडियो बिहानि