रुबीभ्याली आधारभुत अस्पतालमा २१ र २२ गते बृहत निशुल्क स्वास्थ शिबिर संचालन हुने

धादिङ । रुबीभ्याली गाउँपालिकाको समन्वय र जिल्ला अस्पताल धादिङको आयोजनामा रुबीभ्याली सीतुङमा यहीँ बैशाख २१ र २२ गते बृहत निशुल्क स्वास्थ शिबिर संचालन हुने भएको छ ।

बिहान १० बजे देखि बेलुका ५ बजे सम्म २ दिन संचालन हुने उक्त शिविरमा स्त्री रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, हार्ड जोर्नी विशेषज्ञ सेवा, मुटु रोग विशेषज्ञ सेवा, दन्त रोग सेवा, जनरल सेवा लगायत ईसिजी, भिडियो एकसरे र ल्याब परिक्षण सेवा उपलब्ध हुने गाउँपालिकाले एक सुचना प्रकाशन गर्दै जानकारी गराइएको छ ।