नीलकण्ठ न.पा.ले कक्षा १२ सम्म निःशुल्क शिक्षा लागु गरेकोमा अखिल क्रान्तिकारी द्वारा स्वागत

धादिङ । अखिल क्रान्तिकारी नीलकण्ठ इकाई कमिटी द्वारा आइतबार एक प्रेस विज्ञप्ति निकालेको छ । जिल्लाको सदरमुकाम समेत रहेको नीलकण्ठ नगरपालिकामा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षाको ब्यबस्थापन गरिए संगै उक्त महत्त्वपूर्ण जनपक्षीय मुद्दालाई निणर्य गर्न नेतृत्वको भुमिका निर्वाह गर्नुहुने नगर प्रमुख भिम प्रसाद ढुङगाना, त्यसै गरि निःशुल्क , व्यवहारिक एवं वैज्ञानिक शिक्षाको मुद्धा उठाई अखिल (क्रान्तिकारी) को पृष्ठभुमिबाट राजनीति सुरु गर्नुका साथै यस एजेण्डामा हिजो सडकमा हुँदा शसक्त आन्दोलनको नेतृत्व कर्ता देखि आज नगर उप प्रमुखको भुमिकामा यसै एजेण्डामा निरन्तर छलफल , बहस , समन्वय र सहकार्यका साथ पहलकदमी लिई निणर्य गराउन सफल हुनुहुने नेकपा (माओवादी केन्द्र) धादिङका नेता दिपक विश्वकर्मा , त्यसै गरि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी लगायत सम्पूर्ण कार्यपालिका टिम र शिक्षा शाखाको टिमलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गरिएको छ ।

विज्ञप्ति मार्फत नै विद्यार्थी तथा अविभावकहरुको भावनाअनुसारको महत्त्वपूर्ण निणर्य कार्यान्वयनका लागि सम्पूर्ण विद्यालयका प्रध्यानाध्यापक , वि.व्य.स , अभिभावक , बौद्धिक व्यक्तित्त्वहरु , विद्यार्थी संघ, संगठनहरुलाई हार्दिक अपिल गरिएको छ ।